Logo

सिमा रक्षकलाई नै रुवाउने नागरिकता विधेयकले अपमानीत बनायोः राजेन्द्र महतो



काठमाडौं, असार ८ । समाजवादी जनता पार्टीका नेता राजेन्द्र महतोले नागरिकता सम्वन्धी नयाँ व्यवस्थाले सिमा रक्षकहरुको भावनामा चोट पुगेको बताएका छन् ।

‘जस्ले भारतसँग मिलेर वा लडेर सिमानाको रक्षा गरेका छन् उनीहरुलाई नै अपमानीत गर्नेगरी संसदीय समितिबाट नागरिकता सम्वन्धी विधेयक पारित भएको छ,’ उनले भने ।

काठमाडौमा बसेर सिमानाका जनताको भावना बुझ्न सकिनदैन भन्दै नेता महतोले जस्ले भारतसँग लडेर सिमा रक्षा गरेका छन्, उनीहरुलाई प्रोत्साहित गर्नुपर्ने बेलामा नेकपाले निराश बनाएको बताए।

पत्रकार ऋषि धमलासंगको कुराकानीका क्रममा नेता महतोले समितिले बहुमतका आधारमा विधेयक पारित गराउदा नेकपाले जिते पनि नेपाल, नेपाली र मधेशले हारेको बताए।

उनले आफुहरुलाई अपमानीत गरिएको र पराजित गरिएको ठानेर तराईमा स्वतः स्फुर्त आन्दोलन सुरु भइसकेको पनि जानकारी दिए ।

उनीहरुको आन्दोलनप्रति समाजवादी जनता पार्टी पनि सँगसगै रहेको बताउदै उनले जनताको भावना माथी आघात पारेकाले जनता आन्दोलनमा उत्रिएको बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्