Logo

गल्वान झडपमा भारतीय सेनाले १८ चिनियाँ सेनाको टाउको गिंडेको खुलासा



एजेन्सी, ८ असार । भारत चीनबीच लद्दाखको लगवान क्षेत्रमा गत सोमबार भएको झडपबारे नयाँ तथ्यहरु बाहिर आउन थालेका छन् । जुन १५ मा भएको झडपका क्रममा भारतीय सैनिकले उक्त क्षेत्रमा प्राचीन युद्वको षड्यन्त्रहरु आपनाउँदै लडेका थिए ।

झडपमा चिनियाँ सेनाले भारतीय सेनाको कमान्डिङ अफिसर सन्तोस बाबुको हत्या गरेका थिए । त्यसपछि उक्त क्षेत्रमा माहोल झन् आक्रोशित र भयावह बनेको थियो । अफिसरको हत्या भएको भारतीय सेनाले थाहा पाएपछि उक्त क्षेत्रमा कठोर आक्रमण गरेका थिए ।

भारतीय सेनामा रहेको बिहार रेजीमेन्टका जवानहरुले चिनियाँ सेनाहरुको टाउको गिडेको खुलेको हो । उनीहरु नजीकबाट लडाई गर्न माहिर हुने गर्दछ । बिहार रेजीमेन्टका सेना र खटक सेनाको संंयुक्त अपरेशनमा १८ चिनियाँ सेनाको टाउको गिडेका थिए । झडप करिब चार घण्टा लामो चलेको थियो ।

उक्त क्षेत्रमा दूवै तर्फका सैनिकलाई आधुनिक हतियार बोक्न बन्देज छ । सो कारण उनीहरुको झडप पौराणीक किसीमका भएको थियो । कमान्डिङ अफिसरको हत्यापछि भारतीय सेना चिनियाँ सेना माथि खनिएका थिए । चिनियाँ सेनाकै तरवार र रड खोसी उनीहरुमाथि नै भारतीय सेनाले प्रहार गरेका थिए ।

बचावका क्रममा चिनियाँ सेना पहाडी भेगमा लुक्न भागेका थिए । उनीहरुलाई लखेट्ने क्रममा भारतीय सेनाहरु चिनियाँ सेनाबाट गिरफ्तार भएका थिए । उनीहरुलाई पछि रिहा गरिएको थियो ।इन्डियन डिफेन्स न्युजको भावानुवाद



प्रतिक्रिया दिनुहोस्

Screenshot