Logo

पतञ्‍जलिले बनाएको कोरोनाविरुद्धको औषधिमा रोक



नयाँदिल्ली, असार १० । भारतीय आयुर्वेद कम्पनी पतञ्जलिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको औषधि सार्वजनिक गरेको केही घण्टा नबित्दै भारत सरकारले त्यसको प्रचारप्रसारमा रोक लगाएको छ ।

भारतको आयुष मन्त्रालयले पतञ्जलिले तयार पारेको औषधि वैज्ञानिक रूपमा प्रमाणित नभएको हुँदा यसले सर्वसाधारणमा भ्रम र जोखिम दुवै निम्तिन सक्ने भएकाले त्यसको प्रचारप्रसारमा रोक लगाउने निर्णय गरेको हो ।

भारतीय कम्पनी पतञ्जलिले मंगलबार कोरोना भाइरस बिरामीको उपचारका लागि ुदिव्य कोरोनिल किटु नामक औषधि सार्वजनिक गरेको थियो । योगगुरु रामदेव र कम्पनीका अध्यक्ष आचार्य बालकृष्णले हरिद्वारस्थित पतञ्जलि योगपीठमा मंगलबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसविरुद्धको औषधि ुकोरोनिल ट्याबलेटु र ुस्वासरी वाटीु र ुअणु तेलु सार्वजनिक गरेका थिए । कार्यक्रममा रामदेवले क्लोरिन आयुर्वेदिक उत्पादन भएको र यसले कोरोना भाइरसका बिरामीलाई पूर्ण रूपमा निको पार्ने दाबी गरेका थिए ।

यसैगरी पतञ्जलिले यो औषधिलाई संक्रमितको उपचार गर्नमात्र नभएर संक्रमण हुनबाट रोक्न पनि प्रभावकारी दाबी गरेको थियो । पतञ्जलीका अध्यक्ष आचार्यले अश्वगन्धा, अणु तेललगायतका जडीबुटीबाट दुई वटा औषधि बनाइएको जानकारी दिएका थिए ।कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot