Logo

भारत–चीन युद्ध टर्यो, विवाद समाधानमा सहमति



एजेन्सी, १० असार । भारत र चीन बीचको सीमा विवादमा भएको सैन्य स्तरको वार्ताले केही साकारात्मक निष्कर्ष निकालेको छ । सोमबार सैन्य स्तरको वार्ताले दूवै देशबीच पारस्परिक सहमती भएको छ । उक्त वार्तामा लाइन अफ कन्ट्रोलमा क्षेत्रगत र चरणबद्व विच्छेदनको मोडलहरुमा विस्तृत छलफल भएको छ ।

वार्ताले अहिलेसम्म पूर्णता नपाएको जनाइएको छ । चिनियाँ पक्षबाट प्रारम्भ भएको वार्ता मोल्डो बोर्डर प्वाइन्टमा दूवै पक्षबीच करिब ११ घण्टा वार्ता चलेको थियो । उक्त क्षेत्रका गर्माहटलाई लिएर गम्भीरता पूर्वक वार्ता भएको भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । अनियमित तरिकाले १५ जुनमा भएको दूवै तर्फको आक्रमण र चिनियाँ सेनाले तीन क्षेत्रबाट हुँदै दुई देशको सिमा लाइन अफ कन्ट्रोललाई मिचिरहेको विषयलाई खुलस्त रुपमा वार्ता भएको बुझिएको छ ।

लाइन अफ कन्ट्रोलमा रहेको दूवै तर्फका शैनिकहरु केही मिटर पछाडी हट्ने वार्तामा सहमती भएको जनाइएको छ । लाइन अफ कन्ट्रोलमा दूवै देशबीच बफर जोन कायम गरिनेछ। उक्त क्षेत्रमा रहेको दूवै देशका शैनिकहरुका संख्या समेत कम गरिनेछ । दूवै तर्फबीचका तनावलाई वार्ता स्तरबाट समाधान गरिने समझदारीका साथ अगाडी बढने योजनो रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले स्पष्ट पारेका छन् ।

सैन्य स्तरको वार्ताले दूवै देशबीचको गर्माहटलाई कम गरेको समेत प्रवत्ताले जनाएका छन् । यी सब सुचना बाहेक आफू सित कुनै अरु जानकारी नरहेको प्रवत्ताले जनाएका छन् । अगामी वार्ताको मिती तत्काल तय नभएको जनाइएको छ । एक सातापछि उक्त मिती तय गरिनेछ । १५ जुनमा मारिएका र घाइते सेनाको निरिक्षण गर्न मंगलबार भारतीय सेना प्रमुख एम एम नारवाने दूई दिने भ्रमणका लागी लद्दाख पुगेका हुन् । प्रमुख नरवानेले उत्तरी र पश्चिमी क्षेत्रका स्थलगत निरिक्षण गर्ने जनाइएको छ । नयाँ दिल्लीले भारतीय सनोमलाई उक्त क्षेत्रमा दिएको सम्पूर्ण स्वतन्त्र अधिकार चिनियाँ शैनिकको आक्रमणपछि बाध्यकारी भएर दिएको स्पष्ट पारिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot