Logo

पाल्पाका थप ९३ जनामा कोरोना पुष्टि



भरतपुर, असार ११ । पाल्पाका ९३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ९३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन सय ३९ पुगेको छ ।

भरतपुर अस्पतालले बिहीबार बिहान सूचना निकालेर असार १० गते भएको आरटी पीसीआर परीक्षणमा संक्रमितहरु भेटिएको जानकारी गराएको छ । पाल्पाका विभिन्न ठाउँबाट २३४ वटा नमुना परीक्षणका लागि भरतपुर आएको अस्पतालले जनाएको छ ।

चितवनको भरतपुर अस्पतालका १५, सिएमसी मेडिकल कलेजका ४, पुष्पाञ्जलीका २, क्यान्सर अस्पतालका २६, सिओएसएसका १६ र पाल्पाका समेत गरेर हिजो कुल २९७ वटा नमुनाको पसिआर भएको थियो । जसमध्ये पाल्पाका ९३ बाहेक अरु २०४ नमुनामा संक्रमण नदेखिएको अस्पतालको सुचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्