प्रभात सिंहः सन् १९१८ मा सँसारमा महामारीका रुपमा रोग फैलियो । एच वान एन वान भाइरसले फेलाएको महामारीबाट दुई वर्षमै ५० करोड संक्रमित भए । त्यतिबेला विश्वको एक तिहाई जनसंख्यामा देखिएको संक्रमणको नाम स्पेनिस फ्लु राखियो । सन् २०२० सम्म महामारी बनेको यसबाट ५ करोडभन्दा बढीको ज्यान गयो ।
स्पेनिस फ्लुको लहरले केही लाख मानिस संक्रमित भए । केही लाख मानिसको मात्र मृत्यु भयो । तर, दोस्रो लहर खतरनाक बन्यो । ५० करोड मानिस संक्रमित हुँदा ५ करोडको ज्यान गयो ।
अहिले कोरोना भाइरसलाई स्पेनिस फ्लुसँग तुलना गरिएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले नै कोरोनाको दोस्रो लहरले खतरनाक महामारी ल्याउने आँकलन गरेको छ । डब्लुएचओका सहायक महानिर्देशक डा. रानिरी गुयराले कोभिड १९ को महामारीलाई स्पेनिस फ्लुसँग तुलना गरेका हुन् । उनले स्पेनिस फ्लुको दोस्रो लहरबाट ५ करोड मानिसको ज्यान गएको स्मरण गराउँदै कोभिड १९ बाट पनि त्यस्तै खतरा आउनसक्ने औल्याए ।
स्पेनिस फ्लु गर्मी मौसममा मथ्थर जस्तै भएपनि सेप्टेम्बर र अक्टोबरमा डरलाग्दो तरिकाले फैलिएको उल्लेख गरे । युरोपका देशहरुले लकडाउन खुकुलो गर्दै यात्रा अनुमति पनि दिन थालेपछि गुयराको भनाई सार्वजनिक भएको हो । सक्रमित संख्या एक करोड पुग्दैछ । यही बेलामा डब्लुएचओले खतराको घन्टी बजाउने गरी धारणा बाहिर ल्याएको छ ।
स्पेनिस फ्लु गर्मी मौसममा मथ्थर जस्तै भएपनि सेप्टेम्बर र अक्टोबरमा डरलाग्दो तरिकाले फैलिएको उल्लेख गरे । शुक्रबार डब्लुएचओले औपचारिक रुपमा यस्तो खतरा औल्याएको हो ।
डब्लुएचओले खतरा औल्याइरहँदा विश्वमा कोरोना भाइरसको औषधी र खोपको विकास भइरहेको छ । तर, कहिलेसम्म औषधी र खोपको विकासमा सफलता हासिल हुने हो टुंगो छैन । विभिन्न देशले कोरोना भाइरसको औषधी र खोप छिट्टै ल्याउने दाबी गरेका छन् ।
खोप निर्माण गर्न देशहरु तीव्र गतीमा लागी परेको छन् । क्लीनीकल परिक्षणहरु केही साकारात्मक र केही नाकारात्मक देखिएको छ । सन् २०२० वा २०२१ सम्म्मा खोप आउने भनिएको छ । विश्वमा एक सय २० भन्दा बढी खोपको विकास भइरहेको छ । विश्व स्वास्थ्य संगठनले शुक्रबार खोलको विकास, टेष्टको थप विकास र उपचारका लागि थप ३० अर्ब डलर भन्दा बढी रकम आवश्यक रहेको भनेको छ ।
यति ठुलो खर्चका लागि सहयोगको आग्रह समेत गरेको छ । खोपको विकासका लागि ठूला कम्पनि देखि देश विदेशले समेत लगानी गरेका छन् । कतिपयले कोरोना कोषमार्फत् रकम दिइरहेका छन् । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड नजिक पुग्दै गर्दा डब्लुएचओले चेतावनीसहित खतरा औल्याएको हो विश्वभर संक्रमितमध्ये झण्डै पाँच लाखको मृत्यु भइसकेको छ ।- एजेन्सीको सहयोगमा Photo Source: Agency