Logo

कम्युनिष्ट नै कोरोना जन्तरको भ्रममाः डा पौडेल



काठमाडौं, असार १ ।सरकार र सत्तारुढ दलले कोरोना भाइरसको उपचारसँग वेसार र जन्तर जस्ता अप्रमाणित कुराहरुलाई जोडेर विज्ञानलाई चुनौती दिने काम गरिरहेको चिकित्सकहरुले बताएका छन् ।

उनिहरुले कोरोना भाइरस एक खतरनाक जिवाणु भएकाले यसको उपचारका लागि संयमित भएर लाग्नुपर्नेमा सरकारले नानाथरिका भ्रममा परेर गलत बाटोतिर गइरहेको टिप्पणी गरेका छन् ।
भौतिकवादी बनाउँदा कम्युनिष्टहरुले नै अप्रमाणित विषयमा लागेर विज्ञानलाई चुनौती दिँदा संक्रमणको महामारी थप बढ्ने आशंका पनि चिकित्सकहरुले गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा वरिष्ठ चिकित्सक डा।ढुण्डिराज पौडेलले सरकारले लकडाउन बाहेक कोरोना नियन्त्रणका लागि आवश्यक अन्य प्रभावकारी कदम नचालेको दावी गरे।
जिम्मेबार व्यक्तिहरुले नै जनतालाई भ्रमित पार्ने कार्य गर्नु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि राम्रो काम गर्न नसकेको भन्दै विज्ञानलाई चुनौती दिने काम गर्दा कोरोना जस्तो खतरनाक विषाणुप्रति जनतामा गलत सन्देश गएकाले यो नेपाल जस्तो कमविकसित मुलुकका लागि खतरा भएको दावीसमेत गरेका छन् । उनले भने,‘कोरोना भनेको विषाणु हो । यो नाक र मुखबाट प्रवेश गर्ने भएकाले यसलाई रोक्ने काम विज्ञानले भन्दा अरुले गर्न सक्दैन ।’

डा पौडेलले कोराना भाइरसको अहिलेसम्म भ्याक्सिन नआएकाले यसलाई रोक्नका लागि विज्ञानले भनेका कुरागर्नुको विकल्प नभएको भन्दै सरकारले यस्तै गर्दै गए भोली यो भाइरसले बृहत रुपलिने बताए । अहिले सम्म पोलियो र एचआइभी जस्ता रोग समेत निवारण नभएको अवस्थामा कोरोना भाइरसलाई कम्जोर ठान्न नहुने उनको भनाइछ ।

‘प्रतेक घटनाका करण हुन्छन् । कारणको निवारण पनि हुन्छ । हाम्रा जडिबुटीहरु उपयोगी छन् तर,यसको वैज्ञानिक रुपमा प्रमाणित गर्नुपर्छ । जन्तरले कोरोना निको हुँदैन । कोरोना जन्तर वैज्ञानिक हैन । जनताले मास्क समेत लगाउन नजानेको अवस्थामा जन्तरले कुरागर्नु मुर्खता हुन्छ ।’डा पौडेलले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot