Logo

रुसी आकाशमा विदेशी जासुसी विमान



एजेन्सी, १३ असार । रुसी आकाशमा एक साता देखि विदेशी जासुस विमानहरु देखा परिरहेको छ । एक सातादेखि विमानहरुले करिब ३५ पटकसम्म निगरानी गरेको रुसी रक्षा मन्त्रालयले जनाएको हो । एक साता देखि रुसी सीमा क्षेत्रका वरिपरि विमानहरु निगरानी राखेको रुसी रडार इन्फोग्राफिक्सले देखाएको हो ।

उक्त क्षेत्रबाट करिब ६ वटा ड्रोण समेत रुस हुँदै गएको इन्फोग्राफिक्सले देखाएको छ । जवाफमा तरुन्तै रुसी लडाकू विमानहरुले १९ पटकसम्म गतिविधिमा रोक लगाउन खोजेको जनाइएको छ । उक्त क्षेत्रमा कुनै प्रकारको क्षति नपुगेको जनाइएको छ ।

रुसी वायू सेनाले तीन सय एक परिक्षण फ्लाइटको उडान भरेको छ भने ७० पनडुब्बीको समेत अभ्यासहरु भइरहेकोे रुसी विदेश मन्त्रालयले जनाएको छ । रुसद्वारा उक्त क्षेत्रमा कडा निगरानी गरिएको जनाइएको छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot