एजेन्सी, १४ असार । बलिउड स्टार सुशान्त सिंह राजपूतको आत्महत्या प्रकारण पेचिलौँ हुँदै गएको छ । हत्याको दूई हप्ता बितिसक्दा पनि मुम्बई पुलिसको अनुसन्धान तिब्र गतिमा रहेको छ । अनुसन्धाका क्रममा सुशान्तकी भनिएकी गर्लफ्रेन्ड रिया चक्रवर्तीको भाई श्वइक चक्रवर्तीलाई प्रहरीले डाकेको छ । रियाका भाई लगायत २६ जनाको बयान मुम्बई पुलिसले लिइसकेको टाईम्सको इन्डियामा उल्लेख छ ।
ताजा रिपोर्ट अनुसार कथित रुपमा रियाको भाई र सुशान्त आर्टिफिसियल इन्टेलिजेन्स फर्मको पार्टनरका रुपमा रहेको थिए। जसलाई रियाले सन् २०१९ मा लन्च गरेकी थिइन् । लन्च गरेपनि उक्त फर्ममा सम्पूर्ण लगानी सुशान्त कै रहेको थियो । उक्त विषयहरुलाई रीयाले बयानमा स्पष्ट रुपमा उल्लेख गरिनन् । त्यसकारण उक्त विषय पेचिलो बन्दै गएको छ ।
सुशान्तको हत्याको पोस्ट मार्टम रिपोर्ट आइसकेको र आत्महत्या नै गरिएको विषय रिपोर्टमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । आत्महत्या गर्नुको कारण पत्ता लगाउन अनुसन्धानको क्रम जारी रहेको प्रहरी प्रमुखले स्पष्ट पारेको छन् ।