Logo

चिनियाँ गतिविधिमाथि हिन्द महासागरमा भारत लगायत चार देशको निगरानी



एजेन्सी १६ असार । भारतीय नौसेनाले हिन्द महासागरमा सैन्य उपस्थिति बढाएको छ । चिनियाँ गतिविधिमाथि नजर बढाउन भारतले उक्त कदम चालेको हो ।

लद्दाखमा सात सातादेखि जारी तनावका कारण भारतले आफ्नो सुरुक्षालाई तीव्रता दिएको बुझिएको छ । आफ्नो सुरक्षाका लागि हिन्द महासागरमा भारतले अमेरिकी र जापानी युद्धपोतसंग संयुक्त रुपमा विभिन्न अभ्यासहरु गरिरहेको जनाइएको छ । गत शनिबार भारतीय नौसेनाको जहाज आइएनएस राण र आइएनएस कुलिशसंग जापानी नौसेना जहाज काशिमा र सिमायुकीसंग संयुक्त अभ्यास गरेको थियो ।

चीनले लद्दाखमा गरिरहेको गतिविधि, साउथ चाइना सीमा देखाइरेहेको आक्रमक उपस्थिती र इन्डो प्यासिफिक क्षेत्रमा चालेको कदमप्रति भारत र जापानले अभ्यास सुरु गरेको जनाइएको छ । लद्दाख, साउथ चाइना सी र इन्डो प्यासिफिक क्षेत्रमा चीनको आक्रमक व्यावहार र बढेदा् सैनय उपस्थितीमाथि निगरानी राख्न अमेरिका, भारत, अष्ट्रेलिया, जापान र फ्रान्सको नौसेनाहरुको साझेदारी भइरहेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

१५ जुनमा घटेको घटनालाई मध्ये नजरराखी भारतीय नौसेनाले भारतीय सागरमा हाई एलर्ट घोणणा गरेको छ । इन्डो प्यासिफिकमा चार देशहरुले सागरमा प्रभुत्व जमाउन नयाँ रणनिती बनाइरहेको छ । अमेरिका निरन्तर भारतलाई इन्डो प्यासिफिकमा ठूलो भूमिका खेल्ने प्रोत्साहन गरिरहेको छ । उक्त क्षेत्रमा चीनको बढ्दो उपस्थितीलाई न्यून गर्न सम्पूर्ण प्रयासहरु भइरहेको छ । चीन भने आफ्नो निती र सिद्वान्तबाट पछि नहटि सम्पूर्ण क्षेत्रहरुमा सक्रियता र व्यापक उपस्थिती जनाइरहेको छ । एक तर्फ चीन एकलै छ भने अर्का तर्फ चार ठूला राष्ट्र एक भएको देखिएको छ । चीन एकलै झन् शतिmशाली भएर प्रस्तुत भएरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot