Logo

प्रधानमन्त्री ओलीलाई बाबुरामको प्रश्न : भारतीय राजदूतलाई किन स्पष्टीकरण नसोधेको ?



काठमाडौं, १६ असार । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउन षड्यन्त्र गरेको छ भनेर दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै नेपालका लागि भारतीय राजदूतलाई किन स्पष्टीकरण नसोधेको भनेर प्रश्न तेर्साएका छन् ।

आज (मंगलबार) नागरिकता विद्येयकको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीसमक्ष यस्तो प्रश्न गरेका हुन् । उनले भने,‘प्रधानमन्त्रीजी कुनै देशको राजदूतले मलाई षड्यन्त्र गरिरहेको छ भन्नुहुन्छ। त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ? राजदूतलाई बोलाएर किन स्पष्टिकरण लिनु हुन्न? राजदूतलाई तुरून्त देश निकाला किन गर्नु हुन्न?’

प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा

असार १४ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतले खेल खेलेको र उक्त खेलमा पार्टीकै नेताहरु सहभागी भएको भनेर दाबी गरेका थिए । ओलीको उक्त अभिव्यक्तिलाई लिएर उनकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले समेत प्रश्न उठाएका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा समेत शीर्ष नेताहरुले ओलीसँग यसबारेमा जवाफ मागेका छन् ।

नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot