Logo

कृष्ण आफन्तसँग लडेका थिए



भगवान कृष्ण सत्यको पक्षमा थिए र असत्यको मार्गमा हिड्नेहरु उनी विरुद्ध थिए । महाभारतमा भगवान श्रीकृष्णका धेरै शत्रुहरु थिए । जसमा सबैभन्दा ठुलो शत्रु त मगधका राजा जारासंघ थिए । आज हामी कृष्णको पारिवारीक नाता भित्रका शत्रुहरुको बारेमा चर्चा गर्छौ ।

कंस मामाः कृष्णका आफ्नै सहोदर मामा हुन् कंस । कंसले आफ्नै बाबु शुरसेनलाई हटाएर राजा भएका थिए । बहिनी देवकीको आठौ सन्तानले आफ्नो हत्या गर्ने थाहापाएका कंसले बहिनी र ज्वाईलाई जेलमा राखे । कृष्णलाई कंसले मार्ने धेरै प्रयास गरे ।

कंसको कृष्णलाई मार्ने पटक पटकको प्रयास असफल भयो र कृष्णले नै मामाको हत्या गरे । हजुरबुबालाई राजा बनाएर आफ्ना बाबुआमालाई जेलबाट मुक्ति दिलाए । कंसको हत्या गरेपछि कंसको ज्वाई जरासंघ कृष्णको शत्रु बने ।

शिशुपालः शिशुपाल कृष्णका फुपुका छोरा थिए । शिशुपाल जन्मदा नै ३ आँखा थियो । उनी जन्मिदा आकाशवाणीबाट जसको काखमा जाँदा उनको २ आँखा हुन्छ उसैको हातबाट हत्या हुने भनिएको थियो । कृष्णको काखमा जाँदा उनका निधारको नेत्र विलिन भएको देखेर आमाले कृष्णलाई उसको प्राण बचाउन आग्रह गरिन् । कृष्णले १०० अपराधको माफ गरिदिने वचन दिए । रुक्मिणीको दाजु र बुबाले विवाह शिशुपालसँग गराउन चाहेका थिए तर रुक्मिणीले कृष्णसँग विवाह गरेकोले उनी रिसाएका थिए । १०० पटक क्षमा दिएर अन्तिम पटकमा कृष्णले टाउको छिनाएर हत्या गरेका हुन् ।

दुर्योधनः कृष्णको छोरा साम्बको दुर्योधनको छोरी लक्ष्मणासँग प्रेम विवाह भएको थियो । दुर्योधन सधै अधर्मलाई साथ दिने भएकोले कृष्णले उनलाई शक्ति सम्पन्न हुने मौका रोकिदिएका थिए ।

कर्णः कुन्तीको जेठो सन्तान कर्ण एक महान योद्धा थिए जो कौरवको पक्षमा लडेका थिए । कुन्ती श्रीकृष्णको फुपु र वासुदेवको बहिनी थिइन् । कर्ण कृष्णका फुपुको छोरो भाई थिए । कृष्णको कारण कर्णले आफ्नो कवच र कुन्डल इन्द्रलाई दिन परेको थियो । कर्णको मृत्यु कृष्णको सल्लाहमा अर्जुनले गरे ।

मित्रवन्दाः अवन्तीका राजा विन्द र अनुविन्द । उनीहरुकी बहिनी मित्रविन्दाले स्वयंम्बर कृष्णसँग गर्न चाहान्थिन तर उनका दाजुभाईले दुर्योधनसँग गराृन चाहान्थे । कृष्णले भरी सभाबाट मित्रवन्दालाई हरण गरेपछि उनका दाजुभाईसँग कृष्ण र बलरामले युद्ध गर्नुपरेको थियो ।

रुक्मः कृष्णकी पत्नी रुक्मिणीका भाई रुक्मले बहिनीको बिबाह शिशुपालसँग गराउन चाहान्थे । शिशुपालको मिल्ने साथी थिए रुक्म । सबै थाहा पाएरु रुक्मिणीले कृष्णलाई खबर पठाइन् र कृष्णले हरण गरे । श्रीकृष्णले हरण गर्ने क्रममा रुक्मीसँग युद्ध गर्नु पर्यो । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्