Logo

तीन महिनापछि ६७ विद्यालयमा आइसोलेसन



काठमाडौं, १८ असार । क्वारेन्टाइनका रुपमा मात्र प्रयोग गरिएका विद्यालय भवनलाई आइसोलेसन बनाइएको छ । पछिल्लो समय कोभिड–१९ को बिरामी बढ्दै गएपछि देशभरका ६७ विद्यालयमा आइसोलेसन निर्माण गरिएको हो । कोभिड–१९ को बिरामी बढी देखिएको प्रदेश ५ र कर्णाली प्रदेशका विद्यालयलाई आइसोलेसन बनाइएको हो ।

सात प्रदेशको सामाजिक विकास मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्यांक अनुसार प्रदेश–५ का ४९ र कर्णालीका १८ विद्यालयको कोठालाई आइसोलेसन निर्माण गरिएको हो ।

केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले असार पहिलो सातादेखि विद्यालयमा आइसोलेसन राखिएको जानकारी दिनुभयो । विद्यालयमा क्वारेन्टाइन बनाउँदा व्यवस्थित नभएको व्यापक गुनासो आइरहेको अवस्थामा आइसोलेसन बनाउदा झनै समस्या हुने देखिएको छ । सरकारले विदेश र अर्को जिल्लाबाट आएकालाई क्वारेन्टाइन र कोरोना संक्रमण देखिएमा आइसोलेसनमा राख्ने व्यवस्था गरेको समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot