Logo

इतिहासमा पहिलो पटक भारतीय रेल निर्धारित समयमा सेवा प्रदान गर्न सफल



एजेन्सी, १८ असार । इतिहासमा भारतीय रेलवेद्वारा निर्धारित समयमा सेवा प्रदान गरेको भारतीय रेल मन्त्रालयले जनाएको छ । १ जुलाईको दिन भारतीय रेल मन्त्रालयले रेलले आफ्नो निर्धारित समयमा सेवा प्रदान गर्न सफल भएको विषय बताएको हो ।

सदैव निर्धारित समय भन्दा निकै ढिलो आउने भारतीय रेल कोरोनाको महामारी बीच आफ्नो निर्धारित समयमा आएकोमा नागरिक निकै खुशी भएका छन् । रेल २३ जुनपछि कुनै रेलले ढिला नगरेको विषय मन्त्रालयले जनाएको छ । भारतले भारतमा महामारीको संक्रमण उकालो लागीरहेको कारण रेल मन्त्रालयले पुनः रेल सेवाहरु १२ अगस्त सम्म बन्द गर्न निर्णय गरेको छ । तर, उक्त समयमा कोरोना महामारीबीच चालू गरिएको विशेष रेल भने सञ्चालन रह्ने जनाइएको छ । मे एक देखि सुरु गरिएको विशेष रेलबाट ६० लाख मानिस आफ्नो गृहजिल्ला पुग्ने सफल भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्