Logo

महाराजगञ्जको बजेट एक अर्ब सात करोड



कपिलवस्तु, १८ असार : महाराजगञ्ज नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ का लागि आज रु एक अर्ब सात करोड बजेट विनियोजन गरेको छ । सातौँ नगरसभाले पूँजीगततर्फ रु ५४ करोड ७६ लाख ६३ हजार तथा चालुतर्फ रु ११ करोड विनियोजन गरेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिए ।

नगरपालिकाको सशर्त अनुदानतर्फ रु २७ करोड १९ लाख र सामाजिक सुरक्षातर्फ रु १५ करोड नगरसभाले विनियोजन गरेको छ । नगरपालिकाले ११ वटै वडालाई रु ७५ लाखको दरले रकम विनियोजन गरेको नगर उपप्रमुख शुभावती कुर्मीले जनाउनुभयो । नगरका भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवालगायत क्षेत्रमा प्राथमिकता दिइएको छ ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot