पोखरा, असार १९ । गण्डकी प्रदेशमा शुक्रबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा प्रदेश अन्र्तगतका ४ जिल्लामा संक्रमित थपिएका हुन् ।
शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा नवलपरासीका १९ जना तनहुँका ९ जना,पर्वतका तीन जना बागलुङका एक जना रहेका छन् ।योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६३ पुगेको छ ।