Logo

‘मालिक भोज र तडकभडकमा, पत्रकार भोकै सडकमा’ भन्दै प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १९ असार । नेपाल पत्रकार महासंघको आयोजनामा जागिरबाट निकालिएका पत्रकार र पत्रकारका विभिन्न १३ संगठनहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा आएकाहरूले ‘मेरा सम्पादकको मुटु छ मर्म छैन’, ‘सञ्चार गृहले कमाएको अर्बौं मुनाफा खोई’, ‘कोरोना कालको पहिलो महिनामै पत्रकारको बिचल्ली’, ‘मालिक भोज र तडकभडकमा पत्रकार भोकै सडकमा’ जस्ता लेखिएका नाराहरू लेखेका प्लेकार्ड बोकेको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाए ।

श्रमजिवी पत्रकारहरुको हकहितको लागि पत्रकार महासंघ जहिल्यैपनि साथमै रहेको र आवाज उठाएको महासंघका सभापति गोविन्द आचार्यले बताएका छन् । अहिले पनि मिडिया हाउसलाई पत्रकारहरुलाई समयमै पारिश्रमिक दिनुपर्ने बताए । उनले पत्रकारहरुको माग पूरा गराउनको लागि टाउकोमा कात्रो बाँधेर सम्बन्धित मिडिया आउसको अगाडि धर्नामा बस्नेपनि उद्घोष गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot