Logo

बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर



मलंगवा, २० असार । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा लिटिल बुद्ध भनेर चिनिने तपस्वी रामबहादुर बम्जनलगायत तीन जनाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुदा दायर भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका(१३ पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तपस्वी रामबहादुर बम्जन भनेर चिनिने रामलाल बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर भएको जिल्ला न्यायधिवक्ता केशव प्रसाद गौतमले जानकारी दिएका छन्।

प्रतिवादी बम्जनलाई लुकाउन छिपाउनमा सहयोग गरेका मतियार उनका सहयोगी तोक्तेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र जेबी गुरु भन्ने जीतबहादुर तामाङविरुद्ध पनि मुद्दा दायर भएको हो। बम्जनले २०७३ साल साउन २० गते राति करिब सवा ९ बजेको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाइ जबर्जस्ती करणी गरेको आरोप छ। घटना भएको समयमा बालिका नाबालिक रहेको थियो। उनको उमेर १५ वर्ष मात्र थियो। १८ वर्ष भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot