Logo

पर्यटन क्षेत्रमा ३४ अर्ब बराबरको नोक्सान



काठमाडौं, असार २० । कोभिड– १९ सङ्क्रमण रोकथामका लागि जारी लकडाउनका कारण नेपालको पर्यटन क्षेत्रमा अहिलेसम्म ३४ अर्ब रुपियाँ बराबरको नोक्सान भएको मूल्याङ्कन सरकारले गरेको छ ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउनका समयमा सम्पादन गरेका कामको सार्वजनिक कार्यक्रममा चैत ११ गतेदेखि अहिलेसम्म सो बराबरको नोक्सान भएको मन्त्रालयले जनाएको छ । यस्तो नोक्सानी साउन ७ गतेसम्म पुग्दा थप सात अर्ब बढ्ने अनुमान पनि मन्त्रालयको छ ।

कोभिड–१९ का कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित हुँदा यसमा आश्रित जनतालाई असर परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । नेपालको पर्यटन उद्योगमा १० खर्ब रुपियाँभन्दा बढी लगानी देखिएको छ ।

यो क्षेत्रले साढे दुई लाखलाई प्रत्यक्ष र करिब आठ लाखलाई अप्रत्यक्ष रोजगारी पनि दिएको छ, उहाँले भन्नुभयो, कोभिडका कारण यति धेरैको रोजगारी खोसिएको छ । सरकारले नेपाल पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणबाट यस क्षेत्रको नोक्सानीको मूल्याङ्कन गर्न समिति गठन गरेको थियो ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot