पोखरा, असार २० । गण्डकी प्रदेशमा शनिबार थप १६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा प्रदेशका ६ जिल्लामा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितहरुमा नवलपरासीका सात, कास्कीका दुई, म्याग्दीका तीन,बागलुङका दुई,स्याङ्जाका एक र तनहुँका एक जना रहेका छन् ।