Logo

नेकपा स्थायी कमिटी बैठक असार २२ गतेसम्म स्थगित्



काठमाडौं, २० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २२ गतेसम्म स्थगित् भएको छ । पार्टीभित्र विवाद बढ्दै गएपछि समाधानको लागि पहल गर्ने भन्दै नेताहरुले सोमबारसम्मको लागि बैठक स्थगित् भएको बरिष्ठ नेता झलनाथ खनालले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए।

जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएपछि पार्टीभित्र विवाद बढ्दै गएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले ओलीको कार्यशैली ठिक नभएको र उनीबाट सरकार र पार्टी दुवै नचल्ने निश्कर्ष निकाल्दै राजीनामा माग गरेका छन् । तर, ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने बरु पार्टी फुटाउने चेतावनी दिएका छन् ।

ओली सहमतिको लागि टसमस नभएको बरु पार्टी फुटाएरै अघि बढ्ने तयारीमा रहेपछि दाहाल नेपाल समूह स्थायी कमिटीको बैठक स्थगित् गर्न बाध्य भएका हुन् । स्थायी कमिटीको बैठक आज विहान ११ बजेलाई बालुवाटारमा बस्ने तय भएको थियो । अब अर्को बैठक सोमबार विहान ११ बजे बस्ने भएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्