Logo

कोरोनाको पहिलो केसको जानकारी चीनले नदिएको डब्लुएचओको खुलासा



एजेन्सी, २० असार । चीनको वुहान शहरमा देखापरेको कोरोना भाइरसको पहिलो केसलाई चीनमा रहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओको कार्यालयले जानकारी दिएको खुलेको छ । डब्लुएचओ प्रमुख टेड्रोसले यसबारे स्पष्ट पारेका छन । चीनले पहिलो केसको जानकारी नदिएको विषयलाई डब्लूएचओका प्रमुखले जानकारी दिएका हुन् ।

डब्लूएचओले कोरोना विरुद्वको जानकारी गलत ढंगले प्रस्तुत गरेको र चीनले कोरोनाको औपचारिक जानकारीलाई दबाउन खोजको विषयलाई निरन्तर ट्रम्प प्रशासनले आलोचना गर्र्दै आएका थिए । उक्त विषयलाई डब्लूएचओले गलत रहेको ठहर गरेको छ ।

चीनको वुहान शहरमा डिसेम्बर ३१ मा पहिलो संक्रमण देखा परेको विषयलाई चीनलाई जानकारी नदिई डब्लुएचओले औपचारिक घोषणा गरेको विषयलाई सार्वजनिक गरेको छ । डब्लूएचओले पहिलो विरामीको सम्पूर्ण विवरणको माग चीन स्वास्थ्य निकायसंग मागेको र त्यसपछि मात्र डब्लूएचओले सार्वजनिक गरेको जनाइएको छ । चीनले उक्त जवाफमा तुरुन्तै आफ्नो अग्रसरता देखाउँदै केसप्रति गम्भीर रही सम्पूर्ण विवरण देखाएको विषयलाई डब्लूएचओले स्पष्ट पारेको छ ।

चीनलाई कोरोना संक्रमण फैलाएको दोष निरन्तर लगाइरहेका आरोप गलत रहेको जनाइएको छ । डब्लूएचओको सहयोगीको रुपमा चीनले आफ्नो कार्य गरेकोमा डब्लूएचओले धन्यबाद समेत दिएको छ । चीनसंग डब्लूएचओको सम्बन्ध नजिक भएको कारण अमेरिकाले विगत देखि गर्दै आएको सहयोगलाई बन्द गर्नु गलत रहेको प्रमुखले स्पष्ट पारेका छन् । अमेरिकाले निरन्तर चीनमाथि लगाएको आरोप अस्वीकार्य रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot