Logo

डाक्टर कुटिएको विरोधमा भोलि माईतीघरमा प्रदर्शन गरिने (भिडिओ)



काठमाडौं, २० असार । झापा धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा। सुधाकर झाले आफूमाथि कुटपिट भएको भन्दै कुटपिटमा संलग्नहरुलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । आफू उक्त समयमा अस्पतालको आकस्मिक सेवामा कार्यररत रहेको पनि झाले जनाए । उनलाई ९-१० जनाको समूहले कुटपिट गरेको हो । अहिलेसम्म दुई जनालाई मात्रै नियन्त्रणमा लिईएको र बाँकीलाई पक्राउ नगरिएको झाले बताए ।

बिहीबार राति ड्युटीमा खटिएको अवस्थामा आफूलाई ९/१० जना युवाहरुले कुटपिट गरेको डा. झाले जनाए । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू ईमर्जेन्सी वाडमा विरामी हेरिरहेको अवस्थामा ती युवाहरुले कुटपिट गरेको जनाए । उनले आफू बिर्तामोड शनिश्चरे रोड मेडिका अस्पतालमा साताको २ दिन नाईट ड्युटी गर्दै आएको पनि जनाए । सोही क्रममा बिहीबार राति ९ः३० मेडिका अस्पतालमा नाइट ड्युटीमा रहेको समयमा बिरामी भिजिटर भन्दै आएका ९/१० जनाको समूहले आफूलाई कुटपिट गरी घाइते बनाएको उनले जनाए ।

झा मेचीनगर १०, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज हुन् । २ वर्षका लागि आफू त्यहाँ करारमा आएको जनाउँदै झाले भने,“यहीँको क्वाटरमा बस्छु । मेरो स्थायी घर जनकपुर हो । विगत ४ महिनादेखि बिर्तामोड शनिश्चरे रोड मेडिका अस्पतालमा साताको दुइ दिन बिहीबार र शनिबार नाइट ड्युटी पनि गर्दै आएको छु । यसबाहेक झापामा रहेका क्वारेन्टिनमा आकस्मिक स्वास्थ्य सेवा पनि आवश्यकता अनुसार दिइरहेको छु ।”

उनले भने,“म विरामी हेरिरहेको थिएँ । ईमर्जेन्सीको गेटमा उहाँहरु मास्कपनि नलगाईकन उभिरहनुभएको थियो, उहाँहरुको विरामी माथिल्लो तलामा वाडमा हुनुहुँदा रहेछ, मैले ती युवाहरुलाई सोस डिस्ट्यान्स कायम गर्न र मास्क लगाउनुहोस भनेर यत्ति भन्दा ९-१० जनाको समूहले ममाथि एकदमै हातपात गर्यो । दुई जनाले एक एकपटिको पाखुरा समात्नुभयो, र एक जनाले पछाडिबाट हेल्मेटले हान्नुभयो । अगाडिबाट चाहीँ एक जनाले आँखामा हान्नुभयो । म त्यहीँ बहोस भएछु । त्यहीँ ईमर्जेन्सीमा एकछिन राखेर उपचार भयो मेरो । त्यहाँबाट नभएपछि मलाई बि एण्ड सी पठाउनुभयो । चार दिन त्यहाँ बसेर उपचारपछि म आँखाको थप उपचारको लागि विशेषज्ञ डाक्टरसँग उपचारको लागि यहाँ काठमाडौं आएको छु ।”

आफूले सोही दिन प्रहरी प्रशासनलाई खबर गरेको र छानबिन गरेर घट्नामा संलग्न दुई जनालाई अहिलेसम्म पक्राउ गरिएको पनि झाले जनाए । उनले उक्त घट्नामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् । र, भोलिका दिनमा यिनीहरुको मनोबल नबढोस भनेर नै आफू मिडियामा आएको पनि उनले स्पष्ट पारे ।

कार्यक्रममा डा. झासँगै आएका र चिकित्सा शास्त्र पढ्दै आएका विद्यार्थी प्रशन्नले पनि घट्नामा संलग्न १० जनामध्ये २ जनालाई मात्रै किन समातियो ? कतै राजनीतिक संरक्षण त होईन ? भन्ने प्रश्न उठाए । र, उनले पछिल्लो समय चिकित्सकहरुमाथि आक्रमणका घट्नाहरु बढेको भन्दै निन्दा पनि गरे । उनले भने,“नेपाल मेडिकल कलेजमा पनि यस्तै घट्ना भयो । रौतहटमापनि त्यस्तै भयो । जेल विदाउट बेलको अवधारणा पास गर्नुपर्छ । सबैजना स्वास्थ्यकर्मीहरु, विद्यार्थीहरु हामी भोलि एकजुट भएर यी घट्नाको विरोधमा उठ्दैछौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot