Logo

पर्यटक भित्र्याउन अनौठा नियम



काठमाडौं, असार २१ । कोरोना भाइरस सङ्क्रमणका कारण विश्व पर्यटन यति बेला ठप्प छ तर कतिपय देशले कोरोना सङ्क्रमितको सङ्ख्या कम हुन थालेपछि पर्यटक भित्र्याउने तयारी थालेका छन् ।

पर्यटक भित्र्याउने यस पटकको ती देशका नियम भने निकै अनौठा छन् । मेक्सिकोले पर्यटकलाई निःशुल्क बास सुविधा दिने घोषणा गरेको छ भने ग्रिसले यातायात सेवा थप सस्तो बनाउन यसमा लाग्ने कर घटाएको छ । सिसिलीले उडान शुल्कमा छुट दिने भएको छ । यस्तोमा बेलायत र कम्बोडिया अलि फरक र आश्चर्यजनक पर्यटकीय नियमका कारण चर्चामा छन् ।

कोभिड–१९ सङ्क्रमणका कारण पर्यटक आगमनमा प्रायः सबै देशले कडाइ गरिरहेको अवस्थामा बेलायतले भने पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने नियम हटाएको छ । बेलायतले आगामी असार २६ गतेदेखि लागू हुने गरी विभिन्न ५९ वटा देशबाट भित्रिने पर्यटकले क्वारेन्टाइन बस्नुपर्ने नियम खुकुलो बनाएको हो ।

बेलायत सरकारले हालै प्रकाशन गरेको उक्त सूचीमा ग्रिस, स्पेन, फ्रान्स र बेल्जियमजस्ता देशबाट पर्यटक भित्रिँदा १४ दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम लागू नहुने जनाएको हो ।बेलायत सरकारको यो सूचीमा जापान, हङकङ, मकाउ, भियतनामजस्ता लामो दूरीका देशसमेत परेका छन् । उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड, वेल्सको हकमा भने यससम्बन्धी अझै निर्णय भइसकेको छैन । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्

Screenshot