Logo

एभरेष्ट होटलले मनायो ४३औं वार्षिकोत्सव, ३५ वर्ष काम गरेका कर्मचारीहरू ‘लङ् सर्भिस अनर’बाट सम्मानित



काठमाडौं, ११ बैशाख । द एभरेष्ट होटेल, काठमाडौंले आफ्नो स्थापनाको ४३औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा होटेल प्रशासनले निरन्तर ३५ वर्षसम्म होटेलमा काम गर्ने कर्मचारहिरुलाई ‘लङ् सर्भिस अनर’ बाट सम्मानित गरेको छ । यस्तै, बेष्ट पफर्मर्स कर्मचारीहरुलाई पनि अवार्ड प्रदान गरिएको होटेलले जनाएको छ ।

अति विशिष्ट आतिथ्यता र सेवाको कारण होटेल विश्वभरिका अतिथिहरुको लागि उत्कृष्ट गन्तव्य बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग पनि नजिक भएकोले एभरेष्ट होटल विदेशी पर्यटकहरुको लागि पनि रोजाई बनेको छ ।

विशाल ब्याङक्वेट हल (पिलरविहीन) भएको कारण पनि विवाह–गन्तव्यसहित विभिन्न कार्यशाला र गोष्ठीहरुको लागि पनि यो होटेल पहिलो रोजाई बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot