Logo

पूर्व डिआइजी शम्भु थापाका छोरा हुन २८ औं आइजीपी शैलेश थापा



काठमाडौं, २३ असार । नेपाल प्रहरीका २८ औं आइजीपी शैलेश थापा क्षेत्रीका पिता नेपाल प्रहरीका पूर्व वरिष्ठ अधिकृत हुन् । प्रहरीभित्र परिचित नाम हो शम्भु थापा ।

भक्तपुर स्थायी घर भएका शम्भु नेपाल प्रहरीमा उत्कृष्ट योगदान पुर्याएर सेवानिवृत्त भएका हुन् । उनी डिआइजी भई उपत्यका प्रहरीको कमाण्ड समेत सम्हालेका थिए । शम्भुका दुई छोरामध्ये शैलेश कान्छा हुन् । उनी नेपाल प्रहरीमा निरीक्षकबाट सेवा प्रवेश गरी आइजीपी बढुवा भएका छन् ।

प्रहरीको उच्च अधिकृतको छोरा नै आइजीपी भएको थोरै इतिहास छ । जसमा शैलेश थापा पनि परे । आफूभन्दा माथिल्लो तहको अधिकृत कमाण्डरलाई कहिले नचिढ्याउने र नरम स्वभावका अधिकृतका रुपमा परिचित छन् थापा ।

सर्वेन्द्र खनाल आइजीपी हुँदा शैलेश थापा प्रवक्ता, सचिवालयको डिआइजी देखि उपत्यका प्रहरीको कमाण्ड समेत सम्हालेका थिए । वर्तमान आइजीपी ठाकुर प्रसाद ज्ञवालीको कार्यकालमा उनी एआइजीका रुपमा मानव स्रोत विभागमा रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot