Logo

रिक्सा चालकहरु ऋषि धमलासँग रोएपछि राष्ट्रपति भण्डारीको चासो, महानगर र सम्बन्धित निकायलाई राहत उपलब्ध गराउन आग्रह



काठमाडौं, २४ असार । लकडाउनका कारण मजदुरी गरेर खाने अवस्था नै बन्द भएपछि विचल्लीमा परेको भन्दै पत्रकार ऋषि धमलासँग प्राईम टाईम्स टेलिभिजनबाट मंगलबार राति प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा रिक्सा चालकहरु रोएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले चासो लिएकी छिन् ।

भण्डारीले उक्त कार्यक्रम हेरेपछि रिक्सा रिक्सा चालक मजदुरहरुको लागि उचित राहत उपलब्ध गराउन काठमाडौं महानगरपालिका र सम्बन्धित सरकारी निकायका अधिकारीहरुलाई आग्रह गरेकी छिन् । काठमाडौं महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक संगठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्मा र रिक्सा चालक विकास परियार धमलासँगको अन्तर्वार्ताका लागि प्राईम टाईम्स टिभीमा पुगेका थिए । अध्यक्ष विश्वकर्माले आफूहरु रोगलेभन्दापनि भोकले मर्ने अवस्था आएको र सरकारले अहिलेसम्म कुनै राहत नदिएको भन्दै आँशु थाम्न सकेका थिएनन् ।

लकडाउनमा रिक्सा चालकहरुको बिचल्ली, सरकारसमक्ष राहतको माग

उक्त संगठनले गत सोमबार मात्रै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफुहरुलाई राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरेको थियो । लकडाउन लम्बिँदै गएको र मजदुरी गरेर खाने अवस्थासमेत ठप्प भएकोले भोकै मर्ने अवस्था आईसकेको उनीहरुको दुःखेसो थियो । रिक्सा चालकहरुले आफूहरुलाई राज्यले वैकल्पिक व्यवस्था गरिदिनुपर्ने पनि माग राखेका थिए ।

धमलासँगको हिजो (मंगलबार) को अन्तर्वार्ता हेरेपछि राष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र अन्य सम्बन्धित सरकारी निकायका प्रमुखहरुलाई मजदुरहरुलाई तत्कालै उचित राहत प्रदान गर्न आग्रह गरेको राष्ट्रपतिका प्रमुख स्वकिय सचिव भेषराज अधिकारीले जानकारी दिए । पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा रिक्सा चालकहरुले यसो भनेका थिए (भिडिओसहित) :

File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot