Logo

भारत र युरोपेली संघको १५औँ सम्मेलन जुलाई १५ मा भिडियोमार्फत हुने



२५ असार :भारत र युरोपेली संघको १५औँ शिखर सम्मेलन यही जुलाई १५ मा हुनेभएको छ ।कोरोनाभाइरसको त्रासका कारण सम्मेलन भिडियोमार्फत गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।सम्मेलनमा कोरोनाभाइरसले पारेको प्रभावसँगै अन्य विभिन्न क्षेत्रीय तथा विश्वव्यापी विषयबस्तुका बारेमा पनि छलफल हुनेभएको छ ।

सम्मेलनमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेल र युरोपेली आयोगका अध्यक्षका उर्सुला भोनडेर लियनले युरोपेली संघको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् ।यता भारतको तर्फबाट भने प्रधानमन्त्री नरेन्द्र मोदीले सहभागिता जनाउनुहुने युरोपेली परिषद्द्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।सम्मेलनलाई नयाँ चुनौती सामनाका लागि नयाँ रणनीति तय गर्ने अवसरको रुपमा लिन लागिएको परिषद्ले जनाएको छ ।

नेताहरुले सुरक्षा, मौषम, वातावरण, व्यापार र लगानी, विद्युतीय अर्थतन्त्र र कनेक्टीभिटीलगायतका विषयमा पनि छलफल गर्ने भएका छन् ।वक्तव्यमा लेखिएको छ, “यस सम्मेलनले युरोपेली संघ र भारतको रणनीतिलाई बलियो बनाउन सहयोग गर्ने विश्वास लिन सकिन्छ । यसलाई अवसरको रुपमा पनि प्रयोग गर्नुपर्ने देखिन्छ । विषेश गरेर लोकतन्त्र, स्वतन्त्रता, कानूनी शासन र मानवअधिकारको सम्मानका लागि पनि नेताहरूले ध्यान दिने छन् ।”अहिले हुन लागेको सम्मेलन यसै बर्षको शुरुमा नै गर्ने तय भएको भएपनि कोराना भाइरसको त्रासका कारण सरेर स्थगित भएको थियो ।-एएनआई



प्रतिक्रिया दिनुहोस्