Logo

रुसले कोरोनाविरुद्व १७ किसिमका सम्भावित भ्याक्सिनहरुको विकास गर्दै



एजेन्सी, २५ असार । विश्वभर फैलिएको कोरोना भाइरसको भ्याक्सिन निर्माण गर्न रुस लागीपरेको छ । रुसले कोरोना विरुद्व प्रभावकारी मानिएको १७ किसिमका सम्भावित भ्याक्सिनहरुको विकास गरिरहेको छ । १७ किसिमका सम्भावित भ्याक्सिनहरुको विकासलाई निरन्तरता दिएको रुसी स्वास्थ्यमन्त्रीले बुधबार रुसी टेलिभिजनको एक अन्तरवार्तामा जनाएका हुन् ।

भ्याक्सिनहरु कोरोनाविरुद्व लड्न प्रभवकारी मानिएको कारण भ्याक्सिनको विकासलाई तीव्रता दिएको अन्तवार्तामा उनले बताए । भ्याक्सिन निर्माण भइसकेपछि भ्याक्सिन लिने वा नलिने विषय रुसका नागरिकको अधिन रहेको स्पष्ट पारे । बाध्यकारी नरहेको समेत स्पष्ट पारे । तर, तीव्र गतिमा फैलिएको भाइरसको रोकथाम गर्न भ्याक्सिनको चासो प्रत्येक नागरिकमा बढेको समेत बताएका छन् । चीनको वुहानबाट सुरु भएको भाइरसले विश्वलाई धसित बनाएको छ । एक करोड भन्दा बढी मानिसहरु प्रभावित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्