Logo

६० वटा अपराधिक घटनामा संलग्न विकास दुबे प्रहरी कार्वाहीमा मारिए



काठमाडौं, असार २६ । भारतस्थित कानपुरको बिकरुमा भएको शुटआउटको मुख्य आरोपी प्रहरी कार्वाहीमा मारिएका छन् । भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका दुबे आठ जना पुलिसको हत्या आरोपी हुन् ।

पक्राउ परेका दुबेलाई लिएर कानपुर जाँदैगरेको प्रहरीको गाडी दुर्घटनामा परेपछि दुबे भाग्न खोजेका थिए । शुक्रबार बिहान दुर्घटनामा परेको एसटीएफको गाडीबाट भाग्न खोजेका दुबेले प्रहरीको पेस्तोल खोसेर हमला गर्न खोज्दा जवाफी कार्वाहीमा मारिएको भारतीय सञ्चार माध्यमहरुले खवर जारी गरेका छन् ।दुबे उज्जैनको महाकाल मन्दिरबाट पक्राउ परेका थिए ।

दुबेका तीन सहयोगीहरु यसअधि नै प्रहरी कार्वाहीमा मारिसकेका छन ।उत्तर प्रदेशमा आठ प्रहरीको हत्या गरेको अभियोग लागेका उनी मध्य प्रदेशमा पक्राउ परेका हुन् । दुवेमाथि ६० वटा आपराधिक घटनाको केस दर्ता छ ।



प्रतिक्रिया दिनुहोस्