Logo

योगी कालमा युपीमा हजारौं इन्काउन्टर, सयौं अपराधी मारिए



एजेन्सी, २६ असार । नेपालसँग सीमा जोडिएको भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य हो उत्तर प्रदेश । भारतको राजनीतिमा उत्तर प्रदेश सबैभन्दा प्रभावशाली छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनाव क्षेत्र होस् या विपक्षी कँग्रेस आईकी नेता सोनिया गान्धीको चुनावी क्षेत्र पनि उत्तर प्रदेशमा पर्छ ।

भारतमा धेरैजना प्रधानमन्त्री उत्तर प्रदेशमा चुनाव जितेकाहरु छन् । तर, उत्तर प्रदेश अपराधको राजले बदनाम छ । त्यहाँ ठुला ग्याङस्टरहरु छन् । कानपुरमा बिकास दुवेले पक्राऊका लागि पुगेका प्रहरीलाई निर्ममतापूर्वक हत्या गरेपछि उत्तर प्रदेश फेरि चर्चामा आयो । दुबेको आज विहान प्रहरीसँगको मुठभेठमा मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुबेलाई इन्काउन्टरका लागि प्रहरी पुगेको चर्चा पनि चल्यो । उनी राजनीतिक आवरणमा अपराधिक गतिविधि गर्दै आएका थिए । पटक पटक अदालतबाट रिहा भएका उनी उत्तर प्रदेश सरकारको तारोमा परेका थिए ।

मुख्यमन्त्री योगी आदित्यनाथ अपराधीविरुद्ध कठोर बन्दै आएका छन् । उनी सन् २०१७ मा चुनाव जितेर मुख्यमन्त्री बनेलगत्तै आपराधिक काम गरेमा कडा कारबाही गर्ने चेतावनी दिएका थिए । नभन्दै उनको शासनकालमा इनकाउन्टरका घटना बढे ।

योगीको शुरुको दुई वर्षीय कार्यकालमै तीन हजारभन्दा बढी प्रहरी इनकाउन्टर भएको तथ्यांक इन्डिया टुडेमा छ । जसमध्ये ६९ जना मारिएका थिए । ८ सय ३८ जना घाइते भएका र ७ हजारभन्दा बढी पक्राउ परे ।

बिकास दुवे काण्डमै छ जना इनकाउन्टमा मारिए । दुबेका सहयोगीहरु पाँच जनाको यसअघि नै इनकाउन्टर भइसकेको छ । ३ जुलाईमा कानपुरमा घटना भएलगत्तै उनका सहयोगी धमाधम मारिएका थिए । प्रहरीले खोजी खोजी उनीहरुको इनकाउन्टर गरेको थियो । कानपुरका डिआइजीले नजिर बस्ने गरी कारबाही गर्ने चेतावनी दिएका थिए । नभन्दै धमाधम इनकाउन्टर हुनथालेको थियो ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot