एजेन्सी, २७ असार । विश्वभर फैलिएको कोरोना भाइरसले आर्थिक क्षेत्रमा प्रत्यक्ष असर पारेको छ । विश्वभर करोडौं मानिसले रोजगारी गुमाएका छन् । हवाई क्षेत्रमा ठुलो असर परेको छ ।
सँसारभरका सम्पूर्ण हवाई उडानहरु रद्द र प्रभावित भएका छन् । हवाई उडान सञ्चालन नभएको कारण विमान कम्पनीहरुलाई ठूलो मर्का परिरहेको देखिन्छ । विश्वको प्रख्यात विमान कम्पनी इमिरेट्सले समेत आफ्नो ९ हजार कर्मचारी हटाउने निर्णय गरेको छ ।
६० हजार कर्मचारी रहेको एसिरेट्सले आफ्ना ९ हजार कर्मचारी हटाउने कम्पनीका प्रमुखले जनाएका हुन् । कम्पनीले पहिलो पटक कर्मचारी कटौती गर्ने जनाइएको छ । तत्काल कम्पनीका अनुसार १० प्रतिशत कर्मचारी हटाइने भएको छ । तर, पछि आवश्यक परे १५ प्रतिशतसम्म कर्मचारी हटाउने जानारी दिइएको छ ।
अरुको तुलनामा इसिरेट्सले कम समस्या भोगीरहेको कम्पनीका प्रमुखले बताएका छन् । महामारी सुरु हुनुभन्दा अगाडी कम्पनीको आय राम्रो थियो । अन्र्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोशिएशन अधिनमा रहेको २९० एयलाइनले यस वर्ष ८४ अर्ब डलरको नाक्शानी भोगेको छ भने १० लाखले उक्ते पेशाबाट हटाइएको छ ।