Logo

ग्याङस्टर विकास दुबे समूहसंगको मुठभेडमा द्विपक्षीय क्षतीः एडिजी कुमार



एजेन्सी, २७ असार । हालै उत्तर प्रदेशमा प्रहरी र दुवे गयाङबीचको झडपमा उत्तर प्रदेश प्रहरीका डिएसपी सहित आठ जना निर्ममतापूर्वत मारिएका थिए । तर, प्रहरीले त्यसको कडा जवाफ दियो । इनकाउन्टरमा दुबेसहित उनका सहयोगी त्यति नै संख्यामा मारिएका छन् ।

प्रहरी आफ्नो बचाव गर्न सम्पूर्ण बल र अधिकार प्रयोग गरेको उत्तर प्रदेशका नयाँ एडिजी प्रशान्त कुमारले जनाएका छन् । विकास दुवेको इनकाउन्टरपछि उक्त द्वन्द्वमा द्विपक्षीय क्षती पुगेको विषलाई शुक्रबार जनाकारी दिएका हुन् । आफू इन्काउन्टरको पक्षमा नरहेको तर, बाध्यतावस इन्काउन्टर गर्नुपरेको एडिजी कुमारले बताए । उनले भने, यो मेरा चाहना भन्दापनि उक्त क्षेत्रका नागरिकको चाहना हो ।

मेरठ जोनका एडिजी कुमार र उनको टिमले मेरठका आठ जिल्लामा दूई हजार भन्दा बढी इन्काउन्टर गरिसकेका छन् । उनको कार्यकालमा मेरठ क्राइम फ्रि भएको थियो । अपराधीहरु स्वयम आत्मसमर्पण समेत गरेको उनले जिकीर गरे ।

अपराध र आपराधिक गतिविधिप्रति कुनै सहानभूति नरहेको स्पष्ट पारेका छन् । दुवै पक्षबीच गोली हानाहान भएको कारण द्विपक्षीय क्षती पुगेका उनले बताए । महाभारतको समयदेखि उक्त क्षेत्रमा एक इन्च जग्गाको लागि लडाईँ भइरहेको इतिहास गवाही रहेको उनले बताए । आठ प्रहरी मारेको गुन्डा नाइकेको विषयमा कुनै प्रहरीले चर्चा नगर्दा उनलाई आश्चर्य लागेको थियो । उनको उक्त क्षेत्रमा अत्यधिक पावर रहेको समेत उनले बताए ।

इन्काउन्टर भन्दा अगावै उनी बसेका गाडी अर्का गाडाीसंग परिवर्तन गरिएको थियो । ठूलो अपराधीका रुपमा रहेका दुबेलाई कानुन अनुसार सजाय हुने गरी व्यवस्था मिलाइएको थियो । प्रहरी चौकीमा समेत उनलाई मानवीय व्यवहार गरिएको थियो । तर, उनलाई अदालतमा पेश गर्न जाँदा गाडी स्पिड ब्रेकरमा फसेको र उनी मौका छोपी भाग्न प्रयत्न गरेको कारण प्रहरीले जवाफमा उनको इन्काउन्टर गरेका थिए । त्यस बेला केही प्रहरीलाई समेत क्षति पुगेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्