Logo

ब्राजिलमा एकैदिन एक हजार ७१ को मृत्यु



एजेन्सी २८ असार : ब्राजिलमा एकैदिनमा ३९ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

कोरोनाभाइरसकै कारण ब्राजिलमा पछिल्लो २४ घण्टामा एक हजार ७१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७१ हजार ४६९ पुगेको छ भने कुल संक्रमित संख्या १८ लाख ४० हजार आठ सय १२ पुगेको अधिकारीहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्