Logo

नक्कली नोट सहित पक्राउ



झापा, २९ असार । नक्कली भारतीय नोट सहित ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली जस्तो देखिने १ लाख ४४ हजार भारतीय नोट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कन्काई नगरपालिकाका खुर्सैद आलम, सोही नगरपालिकाका मौसम श्रेष्ठ र झापा गाउँपालिकाका एराजुल हक रहेका छन् । खुर्सैद आलम र मौसम श्रेष्ठ मिलेर भारतीय नक्कली नोट कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मौसम श्रेष्ठलाई निजको घरमै फेला पारी तलासी गर्दा ५ सय दरका २ सय ८८ थानमा रहेका उक्त नोट फेला पारी शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साथै, उक्त कारोबारमा खुर्सैद आलम र एराजुल हक समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि आलम र हकलाई समेत सुरुङ्गा बजारबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट २० हजार ५ सय नेपाली रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot