Logo

चीनले गुगललाई प्रतिबन्ध लगायो, गुगलको लगानी अब भारतमा



एजेन्सी, ३१ असार । गुगलको भातृ कम्पनी अल्फाबेट इन्कका प्रमुख सुन्दर पिचाइले गुगलले आगामी दिनमा भारतमा १० अर्व अमेरिकी डलर लगानी गर्ने जनाएका छन् । यसअघि अमेजनले भारतमा १ बीलियन डलरको लगानी गरेको थियो। चीनले गूगललाई प्रतिबन्ध लगाएपछि विश्वको ठुलो शक्ति र बजार भएको देशमा भारतमा गूगलले लगानी गर्ने जनाइएको छ ।

५० करोड भन्दा बढि सक्रिय इन्टरनेट प्रयोगकर्ताहरु भएको भारतमा गुगलले आफ्नो बजार प्रभुत्व स्थापित गर्ने भएको छ। उक्त लगानी गुगल फर इन्डिया डिजिटाइजेसन फन्ड अन्तर्गत गरिने बताइएको छ ।

यस विषयमा प्रमुख पिचाइले भने, ‘लगानी भारतका लागि उत्पादन र सेवा निर्माण गर्न, व्यवसाय व्यापारलाई डिजिटलयुक्त र प्रविधिलाई सामाजिक हितकर कार्यमा प्रयोग गरिने छ । यो हाम्रो भारत र यसको डिजिटल अर्थतन्त्रमा हाम्रो आत्मविश्वासको प्रतिविम्व हो ।’

डिजिटल इन्डिया प्रोजेक्टलाइ उकास्न निर्णय भएको जनाइएको छ। गुगल र अल्फाबेट इन्कले भारतका लागि छुट्टै सामाग्रीहरु बनाइरहेको छ । गूगलले प्रविधिको मध्यमबाटस्वास्थ्य, शिक्षा र कृषिलगायतका क्षेत्रलाई उकास्ने गरी योजनाहरु बनाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot