Logo

११६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार १ सय ७७ पुग्यो



काठमाडौं, ३१ असार । देशमा आज ११६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १७ हजार १ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म ११ हजार २५ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ६ हजार १ सय १४ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भएको छ ।

पुर्वका धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्