Logo

आइजीपी क्षेत्रीले प्रहरी बढुवामा जेष्ठतामा ध्यान दिए, विकृती रोकिने अपेक्षा



काठमाडौं, १ साउन । आइजीपी भएलगत्तै शैलेश थापा क्षेत्रीले वृत्ति विकास प्रक्रियालाई गति दिन थालेका छन् । बढुवा हुन थालेको छ । हिजोमात्र रिक्त दुई एआइजीमा निरजबहादुर शाही र प्रद्युम्न कार्कीको बढुवा सिफारिश भयो । दुवैजना आइजीपी क्षेत्रीका ब्याची हुन् ।

शाही र कार्की जेष्ठतामा अगाडि थिए । अब उनीहरु एआइजीमा हरिबहादुर पालपछि वरियतामा दोस्रो र तेस्रो नम्बरमा हुनेछन् ।

प्रहरीभित्र जुनिरयले आफूभन्दा अघिल्लो ब्याचीलाई उछिनेर जाने प्रवृत्ति बढिरहँदा आइजीपी क्षेत्रीले एआइजी बढुवामा त्यसको अन्त गरिदिए । यसबाट प्रहरी बढुवामा अनावश्यक चलखेल हुन नदिने सन्देश प्रवाह भएको छ ।



प्रतिक्रिया दिनुहोस्