Logo

पर्यटन क्षेत्र अविलम्ब सुचारु गर्न माग, सञ्चालन योजना नल्याए आन्दोलनमा जाने चेतावनी (विज्ञप्तीसहित)



काठमाडौं, १ साउन । लकडाउनका कारण ठप्प रहेको पर्यटन क्षेत्र पूनः सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीहरुले माग गरेका छन् । बिहीबार काठमाडौंमा ‘रिआपेनिङ अफ टुरिजम ईण्डष्ट्री ईन नेपाल’ नाम दिई आयोजना गरिएको बृहत्त अन्तरक्रियामा बोल्दै व्यवसायीहरुले हवाई, होटेल तथा पर्यटन उद्योग सञ्चालनको योजना नल्याए आन्दोलनमा जाने चेतावानी दिएका हुन् ।

तत्काल व्यवसाय सञ्चालनको वातावरण बनाउन उनीहरुको संयुक्त माग छ । संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीअनुसार आगामी अगष्ट १ तारिखबाट डोमेष्टिक फ्लाईट नियमित तालिकानुसार सुरु गर्नुपर्ने र १५ अगष्टबाट अन्तर्राष्ट्रिय उडान तालिका अनुसार सूचारु गर्नुपर्ने माग गरेका छन् । सरकारले एक साताभित्र व्यवसाय सञ्चालनको उचित योजना ल्याउनुपर्ने उनीहरुको जोड छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot