Logo

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं,साउन २। मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सर्दै जाँदा अहिले देशभर आँशिक देखि सामान्य बदली रही एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

शुक्रबार दिनभर देशभरका अन्य केहि भेगमा आँशिक देखि सामान्य बदली रही हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै आज रातीसम्म प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

मनसुन पुनः सक्रिय भएर जुनसुकै बेला घनघोर वर्षा हुनसक्ने भएकाले सबैले सतर्कता अपनाउन र नदी तथा खोला आसपास नजानसमेत महाशाखाले अनुरोध गरेको छ ।

आज बढी पानी पर्ने प्रदेशमा रहेका साना ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार देशको पूर्वदेखि पश्चिम सम्मका विभिन्न साना तथा ठूला नदीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्क रहन र नदी आसपास नजानसमेत आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्