Logo

६३ प्रतिशत सामुदायिक विद्यालय दरबन्दीविहीन



काठमाडौं, २ साउन । देशभर ३५ हजार ५ सय २० विद्यालयमध्ये ६३ प्रतिशत विद्यालयमा पूर्ण दरबन्दीका शिक्षक छैनन् । ३७ प्रतिशत विद्यालयमा मात्रै पूर्ण दरबन्दीका शिक्षक कार्यरत रहेका छन् । बाँकी आधारभूत प्राथमिक तहमा ५ हजार ३ सय ८, आधारभूत निमावि तहमा ५ हजार ३ सय ५७ र मावि तहमा २ हजार ८ सय ४७ गरी १३ हजार ५ सय १२ विद्यालयमा मात्र पूर्ण दरबन्दीका शिक्षक कार्यरत रहेको देखिएको छ ।

महालेखा परीक्षकको ५७औं वार्षिक प्रतिवेदन २०७७ मा उल्लेख भएअनुसार झन्डै ४ हजार विद्यालयमा एक जना पनि शिक्षकको दरबन्दी छैन । ती विद्यालयमा अस्थायी, राहत र स्थानीय स्रोतको भरमा चलेका छन् । एक जना पनि शिक्षक दरबन्दी नभएको विद्यालयमा शिक्षक पदपूर्ति कहिले हुन्छ भन्ने विषय अन्योल छ ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले स्रोत अभावका कारण शिक्षक दरबन्दी विषयमा तत्काल निर्णय गर्न नसकिएको बताउनुभयो । उहाँले स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने यो विषयमा मन्त्रालयले निर्णय गर्नुपर्ने बताएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्