Logo

कोरोना पुष्टि भएको चार घण्टामै संक्रमितको मृत्यु, देशभर ज्यान गुमाउनेको संख्या ४० पुग्यो



काठमाडौं, साउन २ । शुक्रबार थप एकजना पुरुषको कोरोना भाइसरको संक्रमणबाट मृत्यु भएको छ । सप्तरी राजविराजका ७३ वर्षीय वृद्धको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

विहिबार बेलुका मात्रै कोरोना पोजेटिभ पुष्टि भएको उनको रातीनै उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

मुटुका विरामी समेत रहेका मृतक गत बुधबार अस्पताल भर्ना भएका थिए । स्रोतका अनुसार उनको

शव व्यवस्थापन हुन सकेको छैन । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।



प्रतिक्रिया दिनुहोस्