Logo

३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक साउन ४ गतेका लागि सर्यो



साउन २, काठमाण्डौ । नेकपाको स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ । विवाद समाधानको उपाए नभेटिएपछि आज बस्ने भनिएको बैठक दुई दिन पछि सारिएको हो । अब साउन ४ गते ३ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका हुन् ।

आजै अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीचको छलफलमा पनि सहमति जुटेको थिएन । तर पनि स्थायी कमिटी बैठक बस्ने भनिएको थियो । तर बस्दै नबसी दुई दिन पछि बस्ने गरी स्थगित गरिएको हो । आज विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । तर ३ बजे पनि नबस्ने गरी साउन ४ गतेका लागि अर्को मिति तय गरिएको हो ।

केही दिनदेखि नेकपामा देखिएको आन्तरिक कलह मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । उक्त छलफल पनि निष्कर्षमा पुग्न सकेको थिएन ।



प्रतिक्रिया दिनुहोस्