काठमाडौं, २ साउन । पूर्व एआइजी देवेन्द्र सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले धार्मिक विषयमा दिएको अभिव्यक्तिको आलोचना गर्दै सर्वसाधारण उनको कदमबाट दिग्भ्रमित भइरहेको टिप्पणी गरेका छन् । उनले ओलीको होली वाइन देखि शुरु भएको धार्मिक यात्रा श्री रामको नागरिकता यकिन गर्ने प्रयत्न सम्म आइपुग्दा असँगत चित्रहरुबाट दिग्भ्रमित भइसक्दा पनि सर्वसाधारण नेपाली निरन्तर गौरवान्वित हुन सकेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले अयोध्या र श्रीरामबारे केही समय अघि दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गर्दै सुवेदीले आलोचना गरेका हुन् । उनले लेखेका छन्ः येशु ख्रिष्टको छोरी घोषणा गर्ने होली वाईनको राजकीय समारोहबाट शुरु भएको हाम्रा प्रधानमन्त्रीको धार्मिक यात्रा श्री रामको नागरिकता यकिन गर्ने प्रयत्न सम्म अाईपुग्दा सम्मका असँगत चित्रहरुबाट दिग्भ्रमित भई सक्दा पनि निरन्तर गौरबान्बित हुन सक्ने हामी सार्बभौम रैतीहरु।