काठमाडौं, साउन ३ । नेकपाका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले नेकपा भित्रका असन्तुष्ट नेताहरुलाई क्बल बनाएर आलोचना नगर्न चेतावनी दिएका छन् ।
उनले नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतलाई धेरै कचकच गर्दै बस्नुभन्दा अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई निकाल्न चुनौतीसमेत दिएका छन् ।
पत्रकार ऋषि धमलासँग कुराकानी गर्र्दै उनले तथ्यमा उभिएर खण्डन र विरोध गर्न असन्तुष्ट पक्षका नेताहरुलाई सझुाव दिए ।
कसैलाई केही हुन मन लाग्यो भनेर नहुने बताउदै उनले अहिले नेकपाको धेरै कुरा अन्तरिम भएकाले कसैले बालहठ गर्नुको अर्थ नभएको बताए ।
केपी ओलीकै कारणले नेकपा ठूलो पार्टी भएको र जनताले निर्वाचित गरेकाले उनले प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने र महाधिवेशनमा नजादाँसम्म पार्टीमा दुई ओटा पाईलट रहने बैधानिक व्यवस्था नै रहेको तर्क गरे ।
उनले भने, “हटाउन नै खोजेको भने आधिकारीक निकायबाट प्रक्रिया अगाडी बढाए भो नी, अव त अति भो कचकच । नेताहरुको तरिकाले कार्यकर्ता पनि वाक्क दिक्क भइसके । सकिन्छ मिलेर गरौँ सकिदैन भने आ आफ्नो पहिलाको पार्टी छ त्यतै लागौँ । सधैँ गनगन नगरौँ ।”
नेकपामा रहेका सवै शिर्ष नेताहरु लामो समयदेखि नेतृत्वमा रहेकाले कस्को क्षमता कति छ कस्ले देशका लागि कती गर्न सके भन्ने कुरा छर्लङ्ग रहेको बताउदै उनले कसैलाई ठूला कुरा नगर्न चेतावनी पनि दिए
सचिवालयको काम संख्या गन्ने मात्रै भएको टिप्पणी गर्दै उनले जे गर्नु पर्ने हो त्यो नगरेर गर्नु नपर्ने कुरामा अल्मलीएको बताए ।
कुण्ठा मात्रै पोखेर फजुल कुरा गरेर राष्ट्रिय दायित्वलाई ओझेल नपार्न आग्रह गर्दै उनले कार्यकर्ताहरुलाई दन्त बझान गराउन र पाखुरा सुर्कन लगाएर समाधान नहुने तर्क गरे।
नेता बास्कोटाले अहिले जे जति हल्ला भएपनि अन्त्यमा कुरा मिल्ने र पार्टीमा कुनै भूकम्प नआउने दावी पनि गरे । उनले सरकारले सवै ठाउँमा काम गरिरहेको बताउदै हरेक निर्वाचन क्षेत्र र गाउँ गाउँमा गएर हेर्न सुझाव दिए ।