Logo

‘छिमेकी मुलुकसँग भारतको सम्बन्ध किन बिग्रियो ?’ राहुल गान्धीको जयशंकरलाई प्रश्न



एजेन्सी, ३ साउन । भारत र चीनबीचको लद्दाख मुद्दामा चीनले लाइन अफ कन्ट्रोलमा गरेको गतिविधि र भारतीय भूमिमा गरेको हस्तक्षेप प्रति भारतीय कांग्रेस आईका नेता राहुल गान्धीले भारतीय विदेश मन्त्री एस जयशंकरलाई निसाना बनाउँदै प्रश्न तेर्साएका छन् । उनले भाजपाको सरकारका कारण भारतको छिमेकी मुलुकहरुसंग सम्बन्ध बिग्रिएको आरोप लगाउँदै शुक्रबार प्रश्न सोधेका हुन् ।

आरोपको जवाफ दिदैँ विदेशमन्त्री जयशंकरले भारतको मुख्य अन्तर्राष्ट्रिय सम्बन्ध विगत भन्दा निकै प्रगाढ बनेको बताएका छन् । भारत निरन्तर अमेरिका युरोप,रुस र जापानसँग समेत आफ्नो सम्बन्धलाई बलियो बनाइरहेको उनले ट्वीटरमार्फत जानकारी गराए । भारत चीनसंग बराबर सर्तमा उभिएको उनले जीकिर गरे ।

शुक्रबार भिडियो सन्देश जारी गर्दै राहुल गान्धीले भने, ‘प्रधानमन्त्री मोदीको निरन्तर गल्ती र अविवेकिकरणले भारतलाई मौलिक रुपमा देशलाई कमजोर पारेको छ ।’ मोदीको शब्दहरु मात्र भू–राजनीतिशास्त्रमा पर्याप्त नरहेको राहुलले तर्क दिए। अहिले भारत आर्थिक मन्दीको सामना गरिरहेको छ । साथै भारतको अन्र्राष्ट्रिय नितीले भारतलाई कमजोर गरिरहेको बताए । यसकारण चीनले विवादीत सीमामा हस्तक्षप गर्न उपयुक्त समय रहेको भन्दै आक्रमण गर्न सफल भएको बताए ।

भारत आन्तरिक निती, विदेश निती, प्रजातान्त्रीक प्रणाली, जनसंख्या र सैन्य शक्तिका आधारमा सुरक्षीत रहेको बताए । तर, मोदी सरकारले सम्पूर्ण विषयलाई नष्ट गरि अन्य देशलाई हाबी हुने ठाँउ प्रदान गरिरहेको उनले आरोप लगाए । विगत ६ वर्ष देखि देश विचलित भएको र थुप्रै अवरोधको सामना गर्नुपरेको आरोप लगाए । अमेरिका र युरोपसंग सम्बन्ध बनाउने प्रयासमा दिल्लीले रुससँगको सम्बन्धमा अवरोध पुर्याइरहेको बताए ।

अमेरिका र युरोपसंगको सम्बन्धप्रति भारतका छिमेकीहरुसमेत आपत्ती जनाएको उनले स्पष्ट पारेको छन् । यस विषयलाई खण्डन गर्दै विदेश मन्त्री जयशंकरले हामी छिमेकी मुलुकहरुसंग खुला रुपमा प्रस्तुत भएको बताए । उनले भने, ‘हामी बिआरआई, सीपिइसि र साउथ चाइना सीको विषयमा विगतको तथ्यांक भन्दा राम्रो प्रयास गरेका छौँ ।’ साथै चीन र श्रीलंको बीच सन् २००८ मा पोर्ट सम्झौताका बेला युपीए सरकार रहेको समेत जिकिर गरे । नेपाल र बंगलादेशसित जोडिएको सीमामा विकासका साथ सुरक्षामा पनि ध्यान दिइएको उनले बताए । त्यस क्षेत्रहरुबाट निरन्तर आंतकवादीहरु आउने गर्दथे । तर,अहिल सीमा क्षेत्रमा आतंक्वादीहरु लाई बसोवास गर्न कठिन भएको जयशंकरले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot