Logo

इरानमा साँढे दुई करोडलाई कोरोना संक्रमण भएको राष्ट्रपति रुहानीको आँकलन



एजेन्सी, ३ साउन । इरानमा साँढे दुई करोड मानिसलाई कोरोना भाइरसको संक्रमण भएको अनुमान गरिएको छ । त्यो पनि त्यहाँका राष्ट्रपति हसन रुहानीबाट ।

रुहानीले इरानको स्वास्थ्य मन्त्रालयको अध्ययनलाई आधार मान्दै उक्त अनुमान गरेको इरानी न्युज एजेन्सी आइआरएनएले जनाएको छ । उनले अर्को महिना साँढे ३ करोड मानिसलाई कोरोना संक्रमण हुनसक्ने अनुमान गरेका छन् । संक्रमित बढ्दै गएकाले सचेत हुन आग्रह गरेका छन् ।

रुहानीले इरानको झण्डै आधा जनसंख्यालाई कोरोना संक्रमण हुनसक्ने अनुमान गर्नुलाई गम्भीरताका साथ लिइएको छ । इरानको जनसंख्या ८ करोड १० लाख छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot