Logo

विश्व असामानताको ‘ब्रेकिङ प्वाइन्ट’मा छ– संयुक्त राष्ट्र प्रमुख



एजेन्सी, ४ साउन । विश्व असमानताको ‘ब्रेकिङ प्वाइन्ट’ मा पुगेको संयुक्त राष्ट्रसंधका प्रमुख एन्टोनियो गुटेरेसले चेतावनी दिएका छन् । विशेष गरी जारी कोरोना महामारीका कारण उत्पत्ति भएको असमानतालाई हल गर्न र देशहरुलाई सही ट्रया्कमा ल्याउन विश्वव्यापी रुपमा नयाँ नेतृत्वको आवश्यकता रहेको उनले औँल्याए ।

नेल्सन मन्डेलाका वार्षिकोत्सवको लेक्चरमा बोल्दै उनले उक्त विषयमा चेतावनी दिएका हुन् । उनले भने, ‘शरीरको मेरुडण्डमा फ्र्याक्चर भएजस्तै, हामीले निर्माण गरेको समाजमा फ्र्याक्चर देखिएको छ ।’ हाम्रो समाजमा झुट् र झुट्हरुलाई उजागर गर्न निरन्तर प्रयास भइरहेको उनले बताए । हामी अन्तर जातिय भेदभावलाई अन्त्य गरी नयाँ युगमा प्रवेश गरेको विषय भ्रम मात्र रहेको र हामी सबै एक डुङगामा उभिएको विषय पनि भ्रमित रहेको प्रमुखले स्पष्ट पारे । जातिवाद, उपनिवेशवादको विरासत, टेक्नालोजीको पहुँचमा अन्तर र विश्वव्यापी शासन व्यवस्थाहरु असमानताको प्रमुख कारक रहेको उनले बताएका छन् ।

७० वर्षअघि माथि उठेका शक्ति राष्ट्रहरु अन्तर्राष्ट्रिय सम्बन्ध परिवर्तन गर्न आवश्यक रहेको ठहर गरेका छन् । भिटो पावर रहेका बेतायत, चीन , फ्रन्स, रुस, अमेरिकालाई औँल्याउँदै अन्तर्राष्ट्रिय सम्बन्धमा चिन्तन गर्न आवश्यक रहेको उनले आफ्नो स्पिचमार्फत जानकारी दिए । महामारीले त्रसित विश्वमा सम्पूर्ण राष्ट्रहरु एकुजुट भइ नयाँ व्यवस्थालाई आत्मसाथ गर्नृुपर्ने बताए । साथै सम्पूर्ण मानिसको हकअधिकारलाई सम्मान व्यवहार गर्न आवश्यक रहेको औँल्याए । विकसित मुलुकहरु महामारीबाट निस्किन सम्पूर्ण प्रयास गरिरहेको छ । तर, उनीहरु विकास उन्मुख र गरिब मुलुकहरुलाई सहयोग गर्न असफल भएको बताए । संकटको बेला गरिब मुलुकमा पर्ने असरले विश्वलाई धक्का पुग्ने चेतावनी समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot