Logo

प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित



हेटौँडा, ४ साउन : वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिबाट पारित गरिएको छ । उक्त बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टलले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सोही बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रहरी विधेयक पारित गरिएपछि आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले रासससँग सङ्क्षिप्त कुराकानी गर्दै प्रदेश सरकारले प्रदेशमा प्रहरी ऐनमा उल्लेख भएको काम, कर्तव्य, अधिकार र प्रहरीको पदस्थापनका साथै सरुवा र बढुवालगायत अधिकार प्रत्यायोजित गर्ने सन्दर्भमा मार्ग सहज भएकामा खुशी व्यक्त गरे । प्रदेशसभाका सभामुख सानुकमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक भोलि साउन ६ गते दिनको २ः०० बजे बस्ने जानकारी दिए ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्