Logo

आज १८६ कोरोना संक्रमित थपिए, १७३ जना डिस्चार्ज



काठमाडौं, साउन । देशमा आज १८६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको सख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म ११ हजार ८ सय ६८ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ५ हजार ९ सय ३६ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । पुर्वका पाँचथर , धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्